नवलपरासी । गण्डकी प्रदेशमा एक मात्र थारु जातीको बसोबास रहेको पूर्वी नवलपुरमा मनाईने जितिया पर्व सुरु भएको छ । थारुहरुको जितिया पर्व सुरु भएसँगै अहिले थारु महिलाहरु गाउने ‘झाम्टा’ गीत हराउँदै जान थालेको छ । केही वर्ष अघि गाउँका प्रत्येक घरमा ‘झाम्टा’ गीत गाउँदै नाच्दै जितिया मनाउने प्रचलन थियो ।
पछिल्लो समयमा ‘झाम्टा’ नाँच हराउँदै जान थालेपछि थारु अगुवाहरु चिन्ति बनेका छन् । महिलाले परम्परागत रुपमा गाउँदै नाच्दै गर्दा अन्य समुदायका मानिसले माग्न आएको जस्तै गरी होच्चाउन थालेपछि संस्कृति हराँउदै गएको यसका जानकार बताउँछन् । थारुसमुदायले यसको संरक्षण गर्न प्रतियोगिता आयोजना गर्न लागिएको थारु कल्याणकारी समितिका केन्द्रीय सदस्य विरेन्द्र चौधरीले बताए ।
तराई क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । सन्तानको दीर्घायुको लागि महिला पावन बस्ने दिनका रुपमा चिनिने पर्व जितिया हो । थारु समुदायका महिलाहरुले जितिया पर्वका अवसरमा प्रत्येक घर घरमा गएर गाँउने नाच्ने झाम्टा गीत र नाचको संरक्षणमा नगर स्तरीय, जिल्लास्तरीय रुपमै समूह दर्ता गरी आयोजना गर्दै आएको थारु कल्याण समिति कावासोतीका सभापति विकन कुमारी महतोले बताइन् । जितिया पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने विश्वास लिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपालकै चर्चित, धार्मिक एवं एतिहासिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध माछामार्ने जात्रा सुरू हुदैछ । नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ अर्थात माछा मार्ने जात्राका रुपमा परिचित याे नाच प्रत्यक...
भक्तपुर । एकमहिने माधवनारायण व्रत एवं मेलाको दोस्रो दिन आज भक्तपुरको प्रसिद्ध हनुमानघाटस्थित त्रिवेणीधाममा वर्तालुको भिड लागेको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यहाँ मेलालाग्ने गरेको...
तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी भएपनि घुम्न आउनेको संख्या ह्वातै बढेको छ । चिसो मौसममा पर्यटकीय गन्तव्य बनेको यहाँ यो मौसममा आन्तरिक पर्यटक बढेपछि...
हुम्ला । गएरातिदेखि भएको हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम सिमकोटमा भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । दुई इञ्चसम्म हिउँ जमेको छ भने...