भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

थारु समुदायको झम्टा संरक्षण

थारु समुदायको झम्टा संरक्षण

नवलपरासी । गण्डकी प्रदेशमा एक मात्र थारु जातीको बसोबास रहेको पूर्वी नवलपुरमा मनाईने जितिया पर्व सुरु भएको छ । थारुहरुको जितिया पर्व सुरु भएसँगै अहिले थारु महिलाहरु गाउने ‘झाम्टा’ गीत हराउँदै जान थालेको छ । केही वर्ष अघि गाउँका प्रत्येक घरमा ‘झाम्टा’ गीत गाउँदै नाच्दै जितिया मनाउने प्रचलन थियो ।

पछिल्लो समयमा ‘झाम्टा’ नाँच हराउँदै जान थालेपछि थारु अगुवाहरु चिन्ति बनेका छन् । महिलाले परम्परागत रुपमा गाउँदै नाच्दै गर्दा अन्य समुदायका मानिसले माग्न आएको जस्तै गरी होच्चाउन थालेपछि संस्कृति हराँउदै गएको यसका जानकार बताउँछन् । थारुसमुदायले यसको संरक्षण गर्न प्रतियोगिता आयोजना गर्न लागिएको थारु कल्याणकारी समितिका केन्द्रीय सदस्य विरेन्द्र चौधरीले बताए ।

तराई क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । सन्तानको दीर्घायुको लागि महिला पावन बस्ने दिनका रुपमा चिनिने पर्व जितिया हो । थारु समुदायका महिलाहरुले जितिया पर्वका अवसरमा प्रत्येक घर घरमा गएर गाँउने नाच्ने झाम्टा गीत र नाचको संरक्षणमा नगर स्तरीय, जिल्लास्तरीय रुपमै समूह दर्ता गरी आयोजना गर्दै आएको थारु कल्याण समिति कावासोतीका सभापति विकन कुमारी महतोले बताइन् । जितिया पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने विश्वास लिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.