भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भारतमा ज्यालामजदुरी गर्न गएका हरिबहादुर नेपालीको परिवारमा शोक: आठबीस नगरपालिकाको तर्फबाट सहयोग

भारतमा ज्यालामजदुरी गर्न गएका हरिबहादुर नेपालीको परिवारमा शोक: आठबीस नगरपालिकाको तर्फबाट सहयोग

दैलेख,९ बैशाख । दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नम्बर १, सातालाका हरिबहादुर नेपालीको परिवारमा गहिरो शोक परेको छ। आर्थिक अभावका कारण जीविकोपार्जनको लागि भारतको उत्तराखण्ड राज्यको भिकासैन क्षेत्रमा श्रीमती रामसरा नेपालीसँगै ज्यालामजदुरी गर्न गएका हरिबहादुरको परिवारमा सुत्केरीको मृत्यु भएपछि संकट उत्पन्न भएको हो।

गत बैशाख ४ गते चौथो सन्तानका रूपमा छोरीको जन्म भएलगत्तै अत्यधिक रक्तस्रावका कारण रामसरा नेपालीको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। हाल हरिबहादुर नेपालीका तीन वर्षमुनिका तीन छोरीहरू र एक नवजात शिशु आमाविना अत्यन्त कठिन अवस्थामा रहेका छन् ।

पीडित परिवारको अवस्थाबारे जानकारी पाएपछि आठबीस नगरपालिकाका नगर प्रमुख तर्कबहादुर बडुवाल पीडितको घरमा पुगेर खाद्यान्न, लत्ता-कपडा लगायत आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ। प्रमुख बडुवालले बालबालिकाको स्वास्थ्य बीमा, शिक्षा र उपचारको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता पनि जनाएका छन्उर । 

नगर प्रमुखसँगै वडा अध्यक्ष बमबहादुर रावत, कार्यपालिका सदस्य बीरबहादुर नेपाली, वडा सदस्य शेरबहादुर थापा, स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेना, साताला स्वास्थ्य चौकी प्रमुख ध्रुवराज विष्ट,  लगायतकाे टाेली पीडितको घरमा पुगेर सहानुभूति प्रकट गरेका थिए।

स्वास्थ्य परीक्षणको क्रममा प्रमुख तिमिल्सेना र इन्चार्ज विष्टले बालबालिकाको प्रारम्भिक अवस्था जाँच गरेका थिए । नगरपालिकाको तर्फबाट गरिएको यस सहयोगले मृतकको परिवारलाई केही राहत मिलेको छ।

 


Thali Mobile Pvt.Ltd.