भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

गुनासो सुन्न मन्त्रालयमा नयाँ इकाइ गठन

गुनासो सुन्न मन्त्रालयमा नयाँ इकाइ गठन

काठमाडौँ, ८ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनुवाइ तथा समाधानका लागि गुनासो व्यवस्थापन इकाइ स्थापना गर्ने भएको छ। मन्त्रालयले प्रवाह गर्ने सेवाहरूका विषयमा आउने गुनासालाई व्यवस्थित ढंगले सम्बोधन गर्न यो इकाइ गठन गर्न लागिएको हो।

मन्त्रालय स्रोतका अनुसार मन्त्रीस्तरको निर्णयअनुसार क्षमता विकास महाशाखाको सुशासन शाखा गुनासो व्यवस्थापन इकाइको रूपमा क्रियाशील हुनेछ। शाखाको प्रमुखलाई गुनासो सहजकर्ता तोकिनेछ, जसले प्राप्त गुनासाहरूको अध्ययन गरी आवश्यक अनुसार कार्यान्वयन अघि बढाउनेछ।

सेवाग्राहीहरूले मौखिक, लिखित वा पत्राचारमार्फत आफ्ना गुनासोहरू राख्न सक्नेछन्। सञ्चारमाध्यम, इमेल वा सिधै उपस्थित भई गुनासो गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

गुनासो सहजकर्ताले गुनासालाई तीन वर्गमा वर्गीकरण गर्नेछन् 
१) तत्काल कारबाही गर्नुपर्ने,
२) प्रक्रिया वा नियम स्पष्ट गर्नुपर्ने,
३) अन्य शाखामा सिफारिस गर्नुपर्ने।

तत्काल सम्बोधन गर्न मिल्ने गुनासाहरूको समाधान सहजकर्ताले आफैँ गर्नेछन्। गम्भीर वा अन्य शाखाको क्षेत्राधिकारमा पर्ने गुनासोहरू सम्बन्धित शाखामा पठाइनेछन्।

ती शाखाहरूले सम्भव भएसम्म तुरुन्त समाधान गर्ने, नसकेमा महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र समाधान गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले यस इकाइमार्फत सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री शासन प्रणालीलाई अझ मजबुत बनाउने अपेक्षा राखेको छ।

 


Thali Mobile Pvt.Ltd.