भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

नेपाल प्रहरीद्वारा पक्राउ परेका व्यक्तिको तस्बिर र भिडिओ सार्वजनिकमा रोक

नेपाल प्रहरीद्वारा पक्राउ परेका व्यक्तिको तस्बिर र भिडिओ सार्वजनिकमा रोक

मुख्य बुँदा 

प्रहरीले अब पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

देशभरका प्रहरी कार्यालयहरूलाई यस विषयमा परिपत्र जारी

महान्यायाधिवक्ताको कार्यालयको निर्देशनपछि यो निर्णय कार्यान्वयनमा

जघन्य अपराधका अवस्था बाहेक, सामाजिक वा राज्यलाई असर पर्ने खण्डमा मात्र सम्बन्धित निकायको अनुमति लिएर सार्वजनिक गर्न सकिने

नेपाल प्रहरीले निजताको सम्मान र कानुनी प्रक्रियामा सुधार गर्न कदम उठायाे

काठमाडौँ, ८ साउन । नेपाल प्रहरीले अब कुनै पनि घटना वा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयले यो निर्देश देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, पक्राउ परेका व्यक्तिको फोटो र भीडीओ सार्वजनिक नगर्न र नपठाउन सबै प्रहरी युनिटलाई कडा रूपमा निर्देशन दिइएको छ।

यो निर्णय गत असारमा महान्यायाधिवक्ताको कार्यालयले फोटो तथा भीडीओ सार्वजनिक नगर्ने आदेश जारी गरेपछि आएको हो। उक्त निर्देशन प्रहरी प्रधान कार्यालयमा आएपछि तत्काल यसलाई कार्यान्वयन गर्न परिपत्र गरिएको छ।

प्रहरी प्रवक्ताले भने, “जघन्य अपराधका घटनामा वा फोटो तथा भीडीओ सार्वजनिक नगर्दा राज्य तथा समाजमा असर पर्ने अवस्था भएमा मात्र सम्बन्धित निकायको अनुमति लिएर सार्वजनिक गर्न सकिन्छ।”

यस कदमले पक्राउ परेकाहरूको निजताको सम्मान र कानुनी प्रक्रिया मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.