काठमाडौं । चिनियाँ उच्च कुशल ह्याकरहरूको समूहले पछिल्ला केही दिनमा अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक गरेको छन् ।
चिनियाँ ह्याकरहरूले वायरट्याप वारेन्ट अनुरोधहरूमा पहुँच प्राप्त गरेको अमेरिकी मिडिया रिपोर्टले बताएको छ ।
ह्याकिङबाट भएको क्षतिको बारेमा अझै अनुसन्धान भइरहेको छ ।
चिनियाँ ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीहरू एटी एण्ड टी, भेरिजोन र लुमेन लगायत धेरै प्रमुख ब्रोडब्यान्ड र इन्टरनेट प्रदायक कम्पनीहरूलाई निशाना बनाएका छन् ।