भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हमासले गर्‍यो युद्धविराम, अब विपिनको रिहाइ हुने अपेक्षा

हमासले गर्‍यो युद्धविराम, अब विपिनको रिहाइ हुने अपेक्षा

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले ७ अक्टोबरमा आक्रमण गरेपछि सुरु भएको इजरायल युद्ध चार दिनका लागि विराम भएको छ । युद्धबिराम भएपछि कब्जामा लिएर बन्धक बनाएका दुई सय मध्ये ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यता इजरायलले पनि बन्धक बनाएका १ सय ५० जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने भएको छ ।

हमासले कब्जामा लिएर बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको छ । तर अहिलेसम्म पनि इजरायल सरकारबाट विपिनको रिहाबारे स्पष्ट जानकारी नआएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताइन् । उनले भनिन्, ‘सरकारले हामीलाई औपचारिक हिसाबले जानकारी दिएको छैन ।

हाम्रो अनौपचारिक संवादमा को–को रिहा हुनेछन् भन्ने बारे इजरायल सरकारलाई पनि जानकारी छैन, संख्या मात्रै तय भएको जानकारी पाएकी छु ।’ पहिलो चरणमा बालबालिका र महिलाहरू रिहा हुने छन् भन्ने खबर पाएको राजदूत रिजालले बताइन् । नेपालले आफ्ना नागरिकको रिहाइका लागि हमास समूहसँग संवादमा गरिरहेको छ ।

अन्य कूटनीतिक सम्बन्ध रहेका देशहरूसँग पनि आग्रह गरिरहेको राजदूतको भनाइ छ । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जस्सिम अल थानीसँग पनि निरन्तर संवाद गरिररहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हमास–इजरायल युद्धबिरामका लागि कतार, इजिप्ट र अमेरिकाको प्रयासले सहमति जुटेको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयले विपिन हमासको नियन्त्रणमा रहेको र उनी सुरक्षित रहेको बताएको थियो । यद्यपि, उनको अवस्था भने अझै यकिन हुन सकेको छैन । गत २० असोज अर्थात, ७ अक्टोबरमा इजरायली भूमिबाट विपिन हमास समूहको कब्जामा परेका थिए । इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.