भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बिलासी हलमा प्रधानमन्त्री प्रचण्डले सुरु गरे कार्यकक्ष

बिलासी हलमा प्रधानमन्त्री प्रचण्डले सुरु गरे कार्यकक्ष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको बिलासी हलमा कार्यकक्ष सुरु गरेका छन् । पश्चिम मोहोडाको पुरानै कार्यकक्ष प्रयोग सुरु गरेका हुन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको थियो ।

एक कार्यक्रमका बीच नयाँ कार्यकक्षमा पुगेर प्रयोग गरेका हुन । २ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थाले ।

अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरनै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा आउने छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्षसहित तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका थिए ।

पश्चिम मोहोडाका यि विशिष्ट पाहुनाहरुसँगको बैठक गर्ने विशिष्ट र ऐतिहासिक कक्षहरुको तयार भएसँगै सिंहदरबारको मूल भवनको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुनर्निर्माण कार्य सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए ।

ती कक्ष तयार भएपछि गृह मन्त्रालयको भवनमा सरेर बसेको प्रधानमन्त्री कार्यालय सिंहदरबारकै मूल भवनमा फर्किएको थियो । २०७६ सालदेखि गौरी–शर्मा एण्ड न्यु टेक्निकल जेभीमार्फत पश्चिम मोहोडाका कक्षहरुको पुनर्निर्माण सुरु भएको थियो ।

पुनर्निर्माण प्राधिकरण विघटन भएसँगै शहरी विकास विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले यो आयोजना हेरिरहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.