भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मुक्ति घोषणा भएको चार वर्ष स् हरवाचरवा समुदाय पहिचानबाट वञ्चित

मुक्ति घोषणा भएको चार वर्ष स् हरवाचरवा समुदाय पहिचानबाट वञ्चित

काठमाण्डौ, ३ साउन । सरकारले हरवाचरवा मुक्ति घोषणा गरेको चार वर्ष बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अधुरै रहेको पीडितहरुले गुनासो गरेका छन् ।

चौथो हरवाचरवा मुक्ति दिवसका अवसरमा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले जनकपुरधाममा पत्रकार सम्मेलन गरी कानुनी रूपमा मुक्ति घोषणा भए पनि पहिचान, भूमि अधिकार र पुनःस्थापनाबाट वञ्चित हुनुपरेको बताएका हुन् ।

मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले ’हरवाचरवा लगत सङ्कलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण निर्देशिका, २०८०’ तत्काल राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्न र मधेस प्रदेशका आठवटै जिल्लामा लगत सङ्कलन सुरु गर्न सरकारसँग माग गर्नुभयो ।

मञ्चका महासचिव लागेन्द्र सदाले पुस्तौँदेखि बाध्यकारी श्रम गर्दै आएका हरवाचरवाहरू अझै पनि न्यून ज्यालामा श्रम गर्न बाध्य रहेको उल्लेख गर्नुभयो ।

अन्तरराष्ट्रिय श्रम सङ्गठनका अनुसार नेपालमा हरवाचरवाको सङ्ख्या एक लाखभन्दा बढी छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गर्नुभएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.