भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

श्रीमतिको हत्यापिछ श्रीमानले गरे आत्महत्या

श्रीमतिको हत्यापिछ श्रीमानले गरे आत्महत्या

इलाम । सन्दकपुर गाउँपालिकामा एकजनाले श्रीमतिको हत्या गरी आत्महत्या गरेका छन् । गाउँपालिका–१ भित्तेका ४६ वर्षे उजबहादुर राईले धारिलो हतियार प्रहार गरी ४० वर्षीया फूलकुमारीको हत्या गरेको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए ।

उजबहादुरले पत्नीको टाउकाको पछाडिपट्टि धारिलो हतियार प्रहार गरी बिभत्स हत्या गरेका हुन् । फूलकुमारीको शव घरभन्दा ६०–७० मिटर तल मूलबाटोमुनि फेला परेको छ भने उजबहादुरको शव नजिकै निबारोको रुखमा भुन्डिएको अवस्थामा भेटिएको एसपी ढकालले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र दुवैजनाको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याउन लागिएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.