भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

किशोरी हत्याका आरोपी भण्डारी सार्वजनिक

किशोरी हत्याका आरोपी भण्डारी सार्वजनिक

डडेल्धुरा । पोखरामा १४ वर्षीया किशोरीको हत्या गरेको आरोपमा स्थानीय एकजनालाई सार्वजनिक गरिएको छ ।

शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरिएको हो ।

अमरगढी नगरपालिका– ७ की बालिका भट्टराईको हत्या गरिएको थियो । भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेको डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । घटना टेकबहादुर भण्डारीको स्टेसनरी पसल नै हो ।

डिएसपी श्रेष्ठले भने, ‘पसलभित्र कोठामा आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरे ।’ स्थानीयले भने बलात्कारपछि हत्या भएको दाबी गर्दै कडा कारबाहीको माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.