भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

स्वास्थ्य मन्त्री थापा : स्वास्थ्य सेवामा संघ, प्रदेश र स्थानीय तहको सहकार्य जरुरी

स्वास्थ्य मन्त्री थापा : स्वास्थ्य सेवामा संघ, प्रदेश र स्थानीय तहको सहकार्य जरुरी

हेटौँडा, २८ चैत । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा निर्मित शंखु अस्पतालको भवन उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहमा बोल्दै मन्त्री थापाले अस्पतालका लागि जग्गा दान गर्ने दातालाई धन्यवाद दिँदै स्थानीय जनप्रतिनिधिको मेहनतको प्रशंसा गर्नुभयो ।

उहाँले प्रदेशका अधिकांश पालिकामा आधारभूत अस्पताल स्थापना भइसकेको बताउँदै अब मेडिकल सामग्री र जनशक्ति व्यवस्थापनमा जोड दिनुपर्ने  कुरा औँल्याउनुभयो। “भवन मात्र भएर पुग्दैन, चिकित्सक, कर्मचारी, उपकरण र सेवा प्रणाली पनि सँगै चाहिन्छ,” उहाँले भन्नुभयो।

कोभिड–१९ महामारीका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको अस्पताल स्थापना अभियानलाई निरन्तरता दिँदै मन्त्री थापाले स्वास्थ्य सेवामा संघ, प्रदेश र स्थानीय तहको सहकार्य आवश्यक रहेको बताउनुभयो । “पालिकाहरूबाट चिकित्सक, स्टाफ नर्स र उपकरणको माग भइरहेको छ। यसलाई सम्बोधन गर्न प्रदेश सरकारले ११९ अस्पताललाई सहयोग गर्ने योजना बनाएको  बताउनु भयाे ।

मन्त्री थापाले सबै सुविधा तत्काल उपलब्ध नभए पनि टेलिमेडिसिन सेवामार्फत दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा सरकार अघि बढेको जानकारी दिनुभयो। समारोहमा सहभागी जनप्रतिनिधिहरूले स्थानीय तहको प्रयासलाई बलियो बनाउन प्रदेश सरकारको थप सहयोग जरुरी रहेको बताए। मन्त्री थापाले स्वास्थ्य सेवालाई गुणस्तरीय र पहुँचयोग्य बनाउन निकट भविष्यमा थप कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनुभयो ।

अस्पताल निर्माणका लागि स्थानीय विष्णुमाया बोम्जनले ३ रोपनी जग्गा दान गर्नुभएको थियो भने २ रोपनी जग्गा मरिचमान र किशोर बोम्जनबाट १६ लाखमा खरिद गरिएको थियो। ६ रोपनी क्षेत्रमा बनेको यो अस्पतालको निर्माण २०७८ भदौ २३ मा १३ करोड ८१ लाखको सम्झौतापछि सुरु भएको थियो । अस्पताल सञ्चालनमा आएपछि कोन्ज्योसोम, महाङ्कालको बुखेल र वाग्मतीको इकुडोल क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने गाउँपालिका अध्यक्ष कृष्णमान लामाले बताउनुभयो ।

अध्यक्ष लामाको नेतृत्वमा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेल, प्रदेश सभा सदस्य उर्मिला कुमारी लामा र जिल्ला जनस्वास्थ्य प्रमुख डा. भुवन पौडेलको उपस्थिति थियो ।

 


Thali Mobile Pvt.Ltd.