भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

तराईमा तातो लहर कायमै रहने, सतर्कता अपनाउन मौसम विभागको आग्रह

तराईमा तातो लहर कायमै रहने, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं, १० आज पनि तराईका भू–भागका साथै केही पहाडी क्षेत्रमा तातो लहर कायमै रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन रहनेछ भने तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना उच्च छ।

अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने अनुमान गरिएको छ, जसले अत्यधिक गर्मीको अवस्था सिर्जना गर्नेछ। यस्तो तातो हावाको लहरले मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पार्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।

दिपायल, धनगढी, नेपालगन्ज, वीरेन्द्रनगर र भैरहवा क्षेत्रमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ। यी स्थानहरूमा अहिले बिहानको न्यूनतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियसको आसपास रहेको छ।

त्यसैगरी आज मधेश र कोशी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ। पश्चिमी र स्थानीय वायु तथा पूर्वी नेपालको नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण केही पहाडी भू–भागमा हावाहुरीसहित सामान्यदेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.