भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

३ दिनसम्म अत्यधिक गर्मीको चेतावनी, तापक्रम ४० डिग्रीसम्म पुग्ने सम्भावना

३ दिनसम्म अत्यधिक गर्मीको चेतावनी, तापक्रम ४० डिग्रीसम्म पुग्ने सम्भावना

काठमाडौं, ९ जेठ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका केही क्षेत्रमा अत्यधिक गर्मी तथा तातो लहर (लु) को सम्भावना रहेको भन्दै विशेष बुलेटिन जारी गरेको छ।

शुक्रबार साँझ जारी बुलेटिनअनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना रहेको छ। केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने विभागले जनाएको छ।

विभागका मौसमविद् सञ्जिव अधिकारीका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम तातो लहर तथा पहाडी क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको हो।

उनले सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा जेठ ६ गतेदेखि नै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको जानकारी दिए। साथै, सुदूरपश्चिम र लुम्बिनीका विभिन्न स्थानहरूमा ३८ डिग्री सेल्सियसभन्दा बढी तापक्रम निरन्तर मापन भइरहेको विभागले जनाएको छ।

प्रभावित जिल्लाहरू

विभागका अनुसार विशेष सतर्कता अपनाउनुपर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन्। त्यस्तै मौसमको अवस्था निरन्तर अद्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु रहेका छन्।

स्वास्थ्यमा पर्ने असर

विभागले तातो हावा तथा तातो लहरका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता जस्ता समस्या देखिन सक्ने जनाएको छ।

अपनाउनुपर्ने सावधानी

विभागले बढी गर्मी हुने समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, चर्को घाममा बाहिर ननिस्किन, हल्का तथा सुतीका कपडा लगाउन र बाहिर निस्कँदा टाउको छोप्न सुझाव दिएको छ। यसैगरी प्रशस्त पानी, जुस, सर्वत लगायत झोल पदार्थ नियमित पिउन तथा स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

विभागले मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसम बुलेटिन नियमित रूपमा हेरेर अद्यावधिक जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.