भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोशी र गण्डकीका एक/दुई ठाउँमा आज रातिदेखि भारी वर्षाको सम्भावना

कोशी र गण्डकीका एक/दुई ठाउँमा आज रातिदेखि भारी वर्षाको सम्भावना

मुख्य बुँदा 

शनिबार रातिदेखि कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

इलाम र झापामा गएराति पनि ठूलो वर्षा भएको पुष्टि

कोशी, बागमती, कर्णाली प्रदेशमा हाल पनि हल्कादेखि मध्यम वर्षा जारी

मनसुनी वायु सक्रिय, आज देशभर आंशिकदेखि सामान्य बदली रहने

भोलिदेखि पर्सिसम्म देशभर व्यापक वर्षाको सम्भावना

मौसमविद् उज्वल उपाध्यायले पर्सिसम्म लामो दूरीको यात्रा नगर्न सुझाव

कोशी, बागमती र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक वर्षा हुने जोखिम

काठमाडौँ, साउन ३ । शनिबार रातिदेखि कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विगत २४ घण्टामा पूर्वी नेपालका इलाम, झापा लगायतका केही स्थानमा भारी वर्षा भइसकेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ।

महाशाखाका अनुसार देशभर हाल मनसुनी वायु सक्रिय छ, जसका कारण अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने र कतै–कतै हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी जलाधार क्षेत्रहरूमा अत्यधिक पानी पर्नसक्ने भएकाले नदी किनार, डुबान सम्भावित क्षेत्र तथा पहिरो जोखिमा रहेका स्थानहरूमा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

उपाध्यायले भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै नागरिकहरूलाई पर्सिसम्म सकभर लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन्।जल तथा मौसम विभागले आवश्यक सतर्कता अपनाउन तथा स्थानीय प्रशासन, उद्धार निकाय र नागरिक समाजबीच समन्वय गरेर सुरक्षात्मक कदम चाल्न आग्रह गरेको छ।

आइतबार दिउँसोदेखि पर्सि सोमबार बिहानसम्म देशभर ठूलो वर्षा हुन सक्ने प्रबल सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.