भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ड्रुज समुदायका व्यक्तिहरुमाथि सोधपुछबिनै गोली चलाएको आरोप

ड्रुज समुदायका व्यक्तिहरुमाथि सोधपुछबिनै गोली चलाएको आरोप

मुख्य बुँदा 

सिरियाको दक्षिणी भागमा ड्रुज र बेदुइन जातिबीचको हिंसा उत्कर्षमा

राष्ट्रपति कार्यालयद्वारा शान्ति कायम गर्न सेना परिचालन गर्ने निर्णय

हिंसामा हालसम्म करिब ६ सयको मृत्यु, सर्वसाधारणसमेत मारिए

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखको छिटो र पारदर्शी छानबिनको माग

इजरायलले स्वेइदा र दमास्कसमा गरेको हवाई आक्रमणले परिस्थिति थप जटिल

सिरियाली सरकारमाथि बेदुइनको पक्षपात र ड्रुज समुदायमाथि दमनको आरोप

एजेन्सी, ३ असार । सिरियामा सेना परिचालन गरिने भएको छ। सिरियाको राष्ट्रपति कार्यालयले दक्षिणी सीरियामा सेना परिचालन गर्ने निर्णय गरेको हो ।

ड्रुज र बेदुइन जातिबीचको लडाइँ उत्कर्षमा पुगेपछि हिंसा रोक्न सेना परिचालन गर्ने निर्णय भएको हो । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टुर्कले सीरियाको दक्षिणी शहर स्वेइदामा पछिल्ला दिनमा भएको हिंसात्मक झडपपछि गम्भीर चिन्ता व्यक्त गर्दै छिटो र पारदर्शी छानबिनको माग गरेका छन् ।

सिरियामा भएको झडपमा हालसम्म करिब ६ सय मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। बेलायतमा कार्यालय रहेको सीरियन अब्जरभेटरी फर ह्युमन राइट्सले हिंसामा लडाकुदेखि आम सर्वसाधारण नागरिक मारिएको बताएको छ। यो हिंसा जारी रहँदा इजरायलले बुधबार सुवैदा र सिरियाको राजधानी दमास्कसमा हवाई आक्रमण गरेको थियो।

सिरियामा गत आइतबार शुुरु भएको जातीय हिंसामा ६०० मानिसको मृत्यु भइसकेको छ। हिंसामा सरकारले बेदुइन जातिको पक्ष लिएको र ड्रुज समुदायका व्यक्तिहरुमाथि सोधपुछबिनै गोली चलाएको आरोप छ।

 


Thali Mobile Pvt.Ltd.