भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

धेरै राज्यहरूमा मतदान समाप्त, ह्यारिस र डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा

धेरै राज्यहरूमा मतदान समाप्त, ह्यारिस र डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा

वासिङ्टन । अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि मतदान जारी छ । तर, धेरै राज्यमा मतदान सकिएको छ । यस चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा छ । राष्ट्रपति चुनावअघिको सर्वेक्षणले कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा देखाएको छ ।

केन्टकी, इन्डियाना, साउथ क्यारोलिना, भर्मन्ट, भर्जिनिया र महत्वपूर्ण युद्धभूमि राज्य जर्जियामा मतदान सकिएको छ जसले राष्ट्रपति चुनावको नतिजा तय गर्नेछ । कमला ह्यारिसका समर्थकहरू वासिङ्टन डीसीको हावर्ड विश्वविद्यालय बाहिर भेला भइरहेका छन्। कमला ह्यारिसले यही विश्वविद्यालयबाट अध्ययन गरेकी हुन् र आजको चुनावी रात्रि पार्टीको स्थल पनि त्यहीँ तय भएको छ । डोनाल्ड ट्रम्पको चुनावी पार्टीको लागि मिडिया कार्यक्रम स्थलमा तयार छन् । समर्थक र राष्ट्रका नाममा सम्भावित सम्बोधनका लागि मञ्च बनाइएको छ ।

प्रारम्भिक एक्जिट पोलमा सोधिएका करिब तीन चौथाइले अमेरिकामा प्रजातन्त्र खतरामा रहेको ठान्छन् । १० मध्ये ७ जना मतदाताले चुनावी नतिजासँग सम्बन्धित हिंसाको अनुमान गरेका छन् । प्रारम्भिक एक्जिट पोलका अनुसार यो निर्वाचनमा मतदाताका लागि लोकतन्त्र र अर्थतन्त्र सबैभन्दा ठुलो मुद्दा हो । यसअघि पनि मतदानका क्रममा धेरै केन्द्रमा बमको धम्की आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.