भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

हिज्बुल्लाहविरुद्ध हमला जारी

हिज्बुल्लाहविरुद्ध हमला जारी

काठमाडौं । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेना सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध “पूरा बल” लगाएर लड्ने काम जारी राख्ने बताएका छन् । युद्धविरामका लागि आह्वान भइरहँदा नेतन्याहूको त्यस्तो भनाइ आएको हो ।

लेबननको स्वास्थ्यमन्त्रालयले बिहीवार इजरेली हवाई हमलाका कारण कम्तीमा ९२ जना मारिएको जनाएको छ । सोमवारयता लेबननमा अन्य सयौँ जनाले ज्यान गुमाएका छन् ।

बेइरुतको दक्षिणमा पर्ने अपार्टमेन्टमा भएको एक हमलामा परेर हिज्बुल्लाहको ड्रोन एकाई प्रमुख मोहम्मद सुरुर मारिएको उक्त समूहले जनाएको छ। नाटकीय रूपमा लेबननमा इजरेली हमला चर्किएसँगै इजरेल र हिज्बुल्लाहबीच पूर्ण आकारको युद्ध हुने चर्चा यतिखेर उत्कर्षमा छ ।

शत्रुता गहिरिँदै जाँदा अमेरिका, यूके र युरोपेली सङ्घ ईयूसहितका १२ शक्तिहरूले बुधवार तीन साता लामो इजरेल(हिज्बुल्लाह युद्ध विरामको प्रस्ताव गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.