भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

माल्दिभ्समा पदक जित्ने खेलाडीलाई सूर्यविनायक नगरको सम्मान, उनान्सय हजारको चेक हस्तान्तरण

माल्दिभ्समा पदक जित्ने खेलाडीलाई सूर्यविनायक नगरको सम्मान, उनान्सय हजारको चेक हस्तान्तरण

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले माल्दिभ्समा पदक जित्ने खेलाडीलाई बधाई सहित सम्मान गरेको छ । १५ औं विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त गर्ने सूर्यविनायक बासी सनम मुलगुठीलाई बुधबार सूर्यविनायक नगरपालिकाले बधाई सहित सम्मान गरेको हो ।

यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको १५ औं विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जितेर दोस्रो स्थान हासिल गरेकी हुन ।

माल्दिभ्समा पदक जित्ने खेलाडीलाई सूर्यविनायक नगरको सम्मान, उनान्सय हजारको चेक हस्तान्तरण

मुलगुठीलाई बधाई तथा सम्मान गर्दै सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले सूर्यविनायक नगरपालिका भौतिक विकाससंगै खेलकुदको विकासमा समेत अघिबढेको बताउनुभयो । नगरपालिकाले खेलमैदान निर्माणमा विशेष ध्यान दिएको जानकारी दिदै खेलाडी राष्ट्रका गहना भएकाले देशकै नाम उच्च राख्ने र विश्वमा देश चिनाउन महत्वपूर्ण भूमिका खेलाडीको हुने तर्क गर्नुभयो ।

माल्दिभ्समा सनमले पाएको सफलता महत्वपूर्ण भएकाले नगरपालिका र ५४ जना जनप्रतिनिधिकै तर्फबाट बधाई दिदै खेलाडीको सम्मानका लागि नगरपालिकाको तर्फबाट ९९ हजारको चेक समेत हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र खेलप्रमेमीहरुको उपस्थिति रहेको थियो । सनमलाई उपमेयर सरिता तिमलसिना भट्टराई, प्रवक्ता रविन्द्र सापकोटा, वडा नं ८ वडा अध्यक्ष पुष्पराज बस्नेत, वडा नं २ का अध्यक्ष प्रदिव कार्की लगायतले बधाई तथा सम्मान गर्नुभएको थियो ।

नगरपालिकाले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै मुलगुठीले अझै जिम्मेवारी बढेको बताइन । उनले अन्र्तराष्ट्रिय मैदानमा सफलता पाउनु आफ्ना लागि खुशी कुरा भएको बताउँदै आगामी दिनमा खेलाडीलाई उत्साह दिने कुरामा नगरपालिकाको निरन्तर ध्यान जानेमा आफू विश्वस्त रहेको बताइन ।

माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म उक्त प्रतियोगिता भएको थियो ।

भिडियाे..

 


Thali Mobile Pvt.Ltd.