भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

भक्तपुरमा सुरु भयो १४ वर्षमुनिका बालबालिकाको निःशुलक क्यान्सर उपचार

भक्तपुरमा सुरु भयो १४ वर्षमुनिका बालबालिकाको निःशुलक क्यान्सर उपचार

भक्तपुर । नेपाल सरकारले मंसिर १ बाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेपछि भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क क्यान्सर उपचार सेवा सुरु भएको छ । अस्पतालले आज पत्रकार सम्मेलन गरेर निःशुल्क सेवा उपलब्ध गराएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नै पालामा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने नीति लिएको बताए । नेपालमा करिब ११ प्रतिशत क्यान्सरका कारण ज्यान जाने गरेको भन्दै सन् २०२२ मा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएको जिकिर गरे । रोग जटिल बन्न नदिन बालबालिकाको क्षेत्रमा यसो गरिएको मन्त्री पौडेलको भनाइ छ ।

मन्त्री पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेको र अहिले तीन वटा अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको बताए । भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल काठमाडौँ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उक्त सेवा निःशुल्क गरिएको बताए ।

हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको अस्पतालका निर्देशक निर्देशक डा. उज्ज्वल चालिसेले बताए । अस्पतालमा करिब ६० जना क्यान्सर रोगका बालबालिका उपचारका लागि आइरहेको बताउँदै अब उपचार निःशुल्क भएपछि दोब्बरले बढेर जाने उनको भनाइ छ । क्यान्सर रोगको उपचारसँगै आवश्यक पर्ने ३५ प्रकारका औषधि निःशुल्क प्रदान गरिने पनि अस्पतालले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.