भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

इखा पुखुको लिच्छविकालीन स्वरूप फर्काउँदै बालेन

इखा पुखुको लिच्छविकालीन स्वरूप फर्काउँदै बालेन

काठमाडौँ, ०४ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले इखा पुखुको पुरानो लिच्छविकालीन अवस्थालाई पुनर्जनन दिने काम सुरु भएको बताएका छन्। यो ऐतिहासिक पोखरीको पुनर्निर्माणले काठमाडौँको जल प्रणालीलाई पुनर्स्थापना गर्ने उनको विश्वास छ।

३ करोड ६४ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको यो पोखरी करिब साढे ७ रोपनी क्षेत्रफलमा फैलिएको छ। जसमध्ये ६ रोपनी क्षेत्र पानीका लागि छुट्याइएको छ। पोखरीको वरिपरि २ मिटर चौडा पैदल मार्ग बन्नेछ भने आकाशे पानी संकलन प्रणाली पनि जडान गरिनेछ।

बालेनका अनुसार, लिच्छविकालमा काठमाडौँको उत्तरी क्षेत्रपाटीमा पानीको स्रोत व्यवस्थापनका लागि यो पोखरी बनाइएको थियो। अब यसलाई पुरानै शैलीमा फर्काएर ऐतिहासिक र पर्यावरणीय महत्त्व जोगाउने प्रयास भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.