भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

इखा पुखुको लिच्छविकालीन स्वरूप फर्काउँदै बालेन

इखा पुखुको लिच्छविकालीन स्वरूप फर्काउँदै बालेन

काठमाडौँ, ०४ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले इखा पुखुको पुरानो लिच्छविकालीन अवस्थालाई पुनर्जनन दिने काम सुरु भएको बताएका छन्। यो ऐतिहासिक पोखरीको पुनर्निर्माणले काठमाडौँको जल प्रणालीलाई पुनर्स्थापना गर्ने उनको विश्वास छ।

३ करोड ६४ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको यो पोखरी करिब साढे ७ रोपनी क्षेत्रफलमा फैलिएको छ। जसमध्ये ६ रोपनी क्षेत्र पानीका लागि छुट्याइएको छ। पोखरीको वरिपरि २ मिटर चौडा पैदल मार्ग बन्नेछ भने आकाशे पानी संकलन प्रणाली पनि जडान गरिनेछ।

बालेनका अनुसार, लिच्छविकालमा काठमाडौँको उत्तरी क्षेत्रपाटीमा पानीको स्रोत व्यवस्थापनका लागि यो पोखरी बनाइएको थियो। अब यसलाई पुरानै शैलीमा फर्काएर ऐतिहासिक र पर्यावरणीय महत्त्व जोगाउने प्रयास भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.