भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

इलाममा ४० वर्षयताकै उच्च वर्षा, पर्सा र रौतहटमा पनि रेकर्ड तोडियो

इलाममा ४० वर्षयताकै उच्च वर्षा, पर्सा र रौतहटमा पनि रेकर्ड तोडियो

काठमाडौँ, २२ असाेज । इलाममा हालैको वर्षा ४० वर्षयताकै अधिक भएको छ, जसका कारण जनधनमा ठूलो क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोका कारण इलाममा ठूलो क्षति भएको हो।

जल तथा मौसम विज्ञान विभागका तथ्याङ्कअनुसार, असोज १७ र १८ गतेको वर्षाले इलामको सूर्योदय नगरपालिकाको हिमाली गाउँ स्टेशनमा पूर्व रेकर्ड ब्रेक गरेको छ। यसअघि सन् १९८३ जुलाई १५ मा ३२०.६ मिलिमिटर वर्षा मापन भएको थियो भने यस वर्ष ३३२.६ मिलिमिटर वर्षा मापन भएको छ।

यस वर्ष इलाम, पर्सा र रौतहटमा पनि अति उच्च वर्षा भएको छ। रौतहटको गौरमा यसअघि ३०१.५ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३१५ मिलिमिटर मापन भएको छ। पर्साको वीरगञ्जमा यस वर्ष २९४.५ मिलिमिटर वर्षा भएको छ, जुन यसअघि २७३.२ मिलिमिटर थियो।

इलामको इलाम टि-स्टेटमा यस वर्ष २८० मिलिमिटर वर्षा भएको छ, जुन अघिल्लो २७३.२ मिलिमिटर थियो। उक्त क्षेत्रका वर्षाले विगतको रेकर्ड तोडेका हुन्। इलाममा बाढीपहिरोमा परी ३९ जनाको ज्यान गएको छ भने समग्र कोशी प्रदेशमा ४७ जनाले ज्यान गुमाएका छन्।

 


Thali Mobile Pvt.Ltd.