भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

जर्मनीको हर्देकेकी नवनिर्वाचित मेयर आइरिस स्टाल्ट्जरमाथि घरबाहिर छुरा प्रहार।

जर्मनीको हर्देकेकी नवनिर्वाचित मेयर आइरिस स्टाल्ट्जरमाथि घरबाहिर छुरा प्रहार।

हर्देके, जर्मनी। जर्मनीको पश्चिमी सहर हर्देकेकी नवनिर्वाचित मेयर आइरिस स्टाल्ट्जरमाथि उनको घरबाहिर छुरा प्रहार भएको छ। उनका अनुसार उनी गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना भएकी छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार, ५७ वर्षीया स्टाल्ट्जर गम्भीर चोटसहित फेला परेकी थिइन् र उनलाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। प्रहरीले उनको जीवन अझै खतरामा रहेको बताए।

प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले यो आक्रमण राजनीतिक कारणले नभएको र पारिवारिक सम्बन्ध हुन सक्ने अनुमान गरेको छ। तथापि, प्रहरीले सबै सम्भावनाहरूको व्यापक अनुसन्धान गरिरहेको छ। जर्मन चान्सलर फ्रेडरिक मेर्जले यस ‘जघन्य अपराध’को खबर सुनेर आफू चिन्तित भएको र स्टाल्ट्जरको पूर्ण स्वास्थ्यलाभको कामना गरेको बताए।

स्टाल्ट्जर सेन्टर–लेफ्ट सोसियल डेमोक्रेटिक पार्टी (एसपीडी) बाट सेप्टेम्बर २८ मा मेयरमा निर्वाचित भएकी थिइन् र नोभेम्बरमा पदभार सम्हाल्ने तयारीमा थिइन्। हर्देके सहर प्रशासनले यस घटनाले आफूहरूलाई स्तब्ध बनाएको बताएको छ।

जर्मनीमा पछिल्ला वर्षहरूमा राजनीतिज्ञमाथि आक्रमणका घटनाहरू बढ्दै आएका छन्। सन् २०१९ मा शरणार्थी-समर्थक नीतिहरूको समर्थन गर्ने स्थानीय अधिकारी वाल्टर लुब्केलाई एक नियो-नाजीले गोली हानी हत्या गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.