भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

नेपालमा ३२ हजार सहकारी संस्था, २० वटा सहकारी समस्याग्रस्त सूचीमा

नेपालमा ३२ हजार सहकारी संस्था, २० वटा सहकारी समस्याग्रस्त सूचीमा

काठमाडौं । १०२ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले विभिन्न कार्यक्रम गरि मनाउदै छ । दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको महासंघले जनाएको हो ।

‘सहकारीहरुले सबैका लागि राम्रो भविष्य निर्माण गरिरहेका छन्’ नारासहित अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो। दिवसको अवसरमा सहकारी महासंघले सहकारी अभियानमा उत्कृष्ट कार्य गर्ने सहकारी संघसंस्था, तथा व्यक्तिलाई पुरस्कार र उत्कृष्ट सहकारी संघ संस्थाको वृत्तचित्र प्रदर्शन लगायत कार्यक्रम आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ तथा संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबारका दिन यो दिवस मनाइने गरेकोमा नेपालमा पनि महासंघको अगुवाइमा मनाइन्छ। राष्ट्रिय सहकारी विकास बोर्डको कार्यक्रम हल पुल्चोकमा कार्यक्रम गर्दैछ।

दर्जनौँ सहकारीहरु बचतकर्ताको रकम अपचलनको आरोपमा मुछिएका छन् । जसले सहकारीको साख कमजोर बनाउँदै गएका छन् । 

हाल नेपालमा ३२ हजार सहकारी संस्था रहेका छन्, जसमध्ये अधिकांश संस्था राम्रो अवस्थामा रहे पनि केही संस्थामा भएको अनियमितता र अपचलनका कारण सहकारी क्षेत्र नै त्रस्त बनेको छ । हालसम्म सरकारले २० वटा सहकारीलाई समस्याग्रस्त सहकारीको सूचीमा राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.