भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

बेलायतको लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कियो, प्रधानमन्त्री स्टारमरको मन्त्रिमण्डलले पूर्णता पायो

बेलायतको लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कियो, प्रधानमन्त्री स्टारमरको मन्त्रिमण्डलले पूर्णता पायो

एजेन्सी । नवनियुक्त बेलायती प्रधानमन्त्री केयर स्टारमरको मन्त्रिमण्डलले पूर्णता पाएको छ । रेचल रिब्ज बेलायतको पहिलो महिला अर्थमन्त्री बनेकी छिन्। स्टारमरले एन्जेल रेनरलाई उपप्रधानमन्त्रीको जिम्मा दिएका छन्।

६५० सदस्य रहेको बेलायतको संसदमा लेबर पार्टीले ४ सय १२ सिटमा जित हासिल गरेको छ । लगातार १४ वर्ष सत्तामा रहेको कन्जरभेटिभ पार्टी कमजोर अंकका साथ सत्ताबाट बाहिरिएको छ ।

विदेश मन्त्रालयको जिम्मेवारी डेभिड ल्यामीलाई दिइएको छ। यिवेट कुपरले गृह मन्त्रीको जिम्मा दिइएको छ । जोन हेली रक्षामन्त्री बन्दा शबाना महमुदलाई न्यायमन्त्रीको जिम्मेवारी दिइएको छ । बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको हो।

 


Thali Mobile Pvt.Ltd.