भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बाँदरको आतंक रोक्न किसानको सामूहिक ड्युटी, फाँटमा पालो बाँडेर लखेट्ने रणनीति

बाँदरको आतंक रोक्न किसानको सामूहिक ड्युटी, फाँटमा पालो बाँडेर लखेट्ने रणनीति

पर्वत, २९ जेठ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–९ स्थित कटुवाचौपारीको अधिकारी फाँटका कृषकहरू अहिले बाँदरको आतंकबाट अति नै सताइएका छन्। आफ्नो खेतीपाती जोगाउन स्थानीयहरूले अनौठो तर प्रभावकारी उपाय अवलम्बन गरेका छन्—बाँदर लखेट्ने ‘ड्युटी’।

फाँटको प्रतीक्षालयको भित्तामा ३० जना स्थानीयको नाम र मिति टाँसिएको छ। जेठ २ गतेदेखि साउन ८ गतेसम्मका लागि तयार गरिएको यो तालिकाअनुसार दैनिक दुई जनाले बिहानदेखि बेलुकासम्म फाँटमा बाँदर लखेट्ने काम गर्नेछन्।

स्थानीय कृषक गंगाधर अधिकारीका अनुसार हरेक वर्ष मकै पाक्ने बेला बाँदरको बथानले बाली सखाप पार्ने गरेको छ। “हामीले आफ्नै पहलमा बैठक बसेर पालो बाँड्ने निर्णय गरेका हौँ,” उनले भने, “चेच्चे गर्दै लखेट्ने, साना ढुङ्गा हान्ने, लौरा र झटारा फाल्ने, कुकुर र गुलेलीसमेत प्रयोग गर्छौं।”

कृषक खगराज अधिकारीले पनि उत्पादनयोग्य जमिन बाँझो राख्नुपर्ने अवस्थामा पुग्नुपर्ने बताउँदै भने, “पालोअनुसार नबस्ने हो भने खेती गर्नै गाह्रो हुन्छ। बाँदरको संख्या बढ्दै गएको छ र अब त अटेर पनि गर्न थालेका छन्।”

फाँटका सबै कृषकहरूले पालो अनुसारको ड्युटी टाँसेर बाँदर लखेट्ने सामूहिक अभ्यासलाई निरन्तरता दिइरहेका छन्। यो रणनीतिले केही हदसम्म बाँदरको क्षति रोक्न सफल भएको उनीहरूको अनुभव छ।

ग्रामीण क्षेत्रबाट शहरतर्फको बसाइँसराइ, बाँझो जमिनको विस्तार र वन्यजन्तुका लागि सहज वातावरणले बाँदरको संख्या र गतिविधि बढाएको स्थानियहरूको भनाइ छ। खेतीपाती जोगाउन किसानहरूले अपनाएको यो सामूहिक ड्युटी प्रणाली अब अन्य प्रभावित क्षेत्रका लागि पनि उदाहरणीय बन्दै गएको छ।

 


Thali Mobile Pvt.Ltd.