भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

बाँदरको आतंक रोक्न किसानको सामूहिक ड्युटी, फाँटमा पालो बाँडेर लखेट्ने रणनीति

बाँदरको आतंक रोक्न किसानको सामूहिक ड्युटी, फाँटमा पालो बाँडेर लखेट्ने रणनीति

पर्वत, २९ जेठ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–९ स्थित कटुवाचौपारीको अधिकारी फाँटका कृषकहरू अहिले बाँदरको आतंकबाट अति नै सताइएका छन्। आफ्नो खेतीपाती जोगाउन स्थानीयहरूले अनौठो तर प्रभावकारी उपाय अवलम्बन गरेका छन्—बाँदर लखेट्ने ‘ड्युटी’।

फाँटको प्रतीक्षालयको भित्तामा ३० जना स्थानीयको नाम र मिति टाँसिएको छ। जेठ २ गतेदेखि साउन ८ गतेसम्मका लागि तयार गरिएको यो तालिकाअनुसार दैनिक दुई जनाले बिहानदेखि बेलुकासम्म फाँटमा बाँदर लखेट्ने काम गर्नेछन्।

स्थानीय कृषक गंगाधर अधिकारीका अनुसार हरेक वर्ष मकै पाक्ने बेला बाँदरको बथानले बाली सखाप पार्ने गरेको छ। “हामीले आफ्नै पहलमा बैठक बसेर पालो बाँड्ने निर्णय गरेका हौँ,” उनले भने, “चेच्चे गर्दै लखेट्ने, साना ढुङ्गा हान्ने, लौरा र झटारा फाल्ने, कुकुर र गुलेलीसमेत प्रयोग गर्छौं।”

कृषक खगराज अधिकारीले पनि उत्पादनयोग्य जमिन बाँझो राख्नुपर्ने अवस्थामा पुग्नुपर्ने बताउँदै भने, “पालोअनुसार नबस्ने हो भने खेती गर्नै गाह्रो हुन्छ। बाँदरको संख्या बढ्दै गएको छ र अब त अटेर पनि गर्न थालेका छन्।”

फाँटका सबै कृषकहरूले पालो अनुसारको ड्युटी टाँसेर बाँदर लखेट्ने सामूहिक अभ्यासलाई निरन्तरता दिइरहेका छन्। यो रणनीतिले केही हदसम्म बाँदरको क्षति रोक्न सफल भएको उनीहरूको अनुभव छ।

ग्रामीण क्षेत्रबाट शहरतर्फको बसाइँसराइ, बाँझो जमिनको विस्तार र वन्यजन्तुका लागि सहज वातावरणले बाँदरको संख्या र गतिविधि बढाएको स्थानियहरूको भनाइ छ। खेतीपाती जोगाउन किसानहरूले अपनाएको यो सामूहिक ड्युटी प्रणाली अब अन्य प्रभावित क्षेत्रका लागि पनि उदाहरणीय बन्दै गएको छ।

 


Thali Mobile Pvt.Ltd.