भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो

काठमाडौं, २७ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व कायम भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनीराम चौधरी र ललिता नाथलाई बोर्ड सदस्यमा मनोनयन गरेसँगै पूर्वखेलाडीको उपस्थिति थप बढेको हो।

राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट चौधरी र नाथलाई मनोनयन गरेका हुन्। नवनियुक्त सदस्य धनीराम चौधरी हाल प्रशिक्षकका रूपमा कार्यरत छन्। पूर्वराष्ट्रिय धावक चौधरीले ४०० र ८०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए।

त्यस्तै, ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुन्। उनी पछिल्लो समय कर्णाली यश्विस टोलीमा आबद्ध रहेकी थिइन्।राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ रहेका छन्। पूर्वफुटबल खेलाडी श्रेष्ठ गोलकिपरका रूपमा परिचित छन्।बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी हुन्। उनले विश्व महिला टेबल टेनिस वरियतामा ५१०औँ स्थानसम्मको यात्रा गरेकी थिइन्।

त्यस्तै, बोर्ड सदस्य शक्ति गौचन पूर्वक्रिकेटर हुन्। मोनालिसा खम्बु पनि पूर्वखेलाडी हुन् भने पूर्वफुटबल खेलाडी पवन शाहीसमेत राखेप बोर्ड सदस्यका रूपमा रहेका छन्।

खेलाडी पृष्ठभूमिका व्यक्तिहरूको संख्या बढेसँगै राखेपको नीति निर्माण र खेलकुद विकासमा प्रत्यक्ष खेल अनुभव भएका व्यक्तिहरूको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.