भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो

काठमाडौं, २७ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व कायम भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनीराम चौधरी र ललिता नाथलाई बोर्ड सदस्यमा मनोनयन गरेसँगै पूर्वखेलाडीको उपस्थिति थप बढेको हो।

राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट चौधरी र नाथलाई मनोनयन गरेका हुन्। नवनियुक्त सदस्य धनीराम चौधरी हाल प्रशिक्षकका रूपमा कार्यरत छन्। पूर्वराष्ट्रिय धावक चौधरीले ४०० र ८०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए।

त्यस्तै, ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुन्। उनी पछिल्लो समय कर्णाली यश्विस टोलीमा आबद्ध रहेकी थिइन्।राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ रहेका छन्। पूर्वफुटबल खेलाडी श्रेष्ठ गोलकिपरका रूपमा परिचित छन्।बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी हुन्। उनले विश्व महिला टेबल टेनिस वरियतामा ५१०औँ स्थानसम्मको यात्रा गरेकी थिइन्।

त्यस्तै, बोर्ड सदस्य शक्ति गौचन पूर्वक्रिकेटर हुन्। मोनालिसा खम्बु पनि पूर्वखेलाडी हुन् भने पूर्वफुटबल खेलाडी पवन शाहीसमेत राखेप बोर्ड सदस्यका रूपमा रहेका छन्।

खेलाडी पृष्ठभूमिका व्यक्तिहरूको संख्या बढेसँगै राखेपको नीति निर्माण र खेलकुद विकासमा प्रत्यक्ष खेल अनुभव भएका व्यक्तिहरूको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.