भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रगति स्पष्ट छ, तर अझै धेरै गर्न बाँकी छः विश्व बालश्रम विरुद्धको दिवसकाे नारा

प्रगति स्पष्ट छ, तर अझै धेरै गर्न बाँकी छः विश्व बालश्रम विरुद्धको दिवसकाे नारा

काठमाडौँ, २९ जेठ । बिहीबार जुन १२ का दिन ‘विश्व बालश्रम विरुद्धको दिवस’ नेपालभर विविध सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। यस वर्षको नारासमेत उल्लेखनीय छ “प्रगति स्पष्ट छ, तर अझै धेरै गर्न बाँकी छः प्रयासहरूलाई तीव्र बनाऔं !”

सन् २००२ देखि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले बालश्रमको अन्त्यका लागि जुन १२ तारिखलाई बालश्रम विरुद्धको दिवसका रूपमा मनाउन सुरु गरेको हो। बालबालिकालाई श्रमिकका रूपमा प्रयोग गरिने अमानवीय अभ्यासविरुद्ध जनचेतना फैलाउने उद्देश्यले यो दिवस हरेक वर्ष संसारभर मनाइन्छ।

नेपालमा पनि बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरू, सरकारी निकाय र समुदाय स्तरमा विविध कार्यक्रमको आयोजना गरिएको छ। र्याली, गोष्ठी, बालअधिकार विषयक छलफल तथा बालमैत्री नाटकमार्फत बालश्रम अन्त्यका सन्देश सम्प्रेषण गरिँन्छ ।

नेपालले पनि बालश्रम अन्त्यका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाइसकेको छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) को महासन्धि १८२ (सबैभन्दा खराब स्वरूपका बालश्रमको अन्त्य) र महासन्धि १३८ (श्रम प्रवेशका लागि न्यूनतम उमेर) मा हस्ताक्षर गरिसकेको छ।

नेपालको बालबालिका सम्बन्धी ऐन २०४८ अनुसार १६ वर्ष मुनिका व्यक्तिलाई ‘बालबालिका’ को रूपमा परिभाषित गरिएको छ। तर व्यवहारमा भने अझै विभिन्न क्षेत्र  होटल, घरायसी काम, निर्माण क्षेत्र, कृषि लगायतमा बालश्रमको प्रयोग व्यापक रहेको पाइएको छ।

सरकार, संघसंस्था र नागरिक समाजको प्रयासबीच पनि बालश्रम अन्त्यमा अझै ठूला चुनौती बाँकी रहेको बाल अधिकारकर्मीहरूले औँल्याएका छन्।

 


Thali Mobile Pvt.Ltd.