भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

सर्लाहीमा नक्कली नोटसहित भारतीय नागरिकको पक्राउ, अनुसन्धान जारी

सर्लाहीमा नक्कली नोटसहित भारतीय नागरिकको पक्राउ, अनुसन्धान जारी

सर्लाही ।सर्लाहीको बलरा नगरपालिका-२ जमुनियामा प्रहरीले एक भारतीय नागरिकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ। भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा उक्त व्यक्तिको साथबाट नक्कली नोट फेला परेको हो।

प्रहरी चौकी छन्कीटोला स्थित टोलीले भारततर्फबाट आइरहेको BR 30 AE 8363 नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्यो। मोटरसाइकल चालक विश्वनाथ साह (३४), बिहार राज्यको सितामढी जिल्लास्थित मधुकरपुर गाउँपालिका-९ का निवासी हुन्।

चेकजाँचमा साहको साथबाट नेपाली हजार दरका आठ थान नक्कली नोटनेपाली ४ हजार ५ सय ९०भारतीय ६ हजार ३ सय ४५ रुपैयाँ बरामद भएका छन्।

प्रहरीले साहलाई नक्कली र सक्कली नोटसहित र मोटरसाइकलबाट नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरेको छ। यो घटनाले सीमावर्ती क्षेत्रहरूमा नक्कली नोटको ओसारपसार अझै सक्रिय रहेको संकेत गर्छ।

 


Thali Mobile Pvt.Ltd.