भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सर्लाहीमा नक्कली नोटसहित भारतीय नागरिकको पक्राउ, अनुसन्धान जारी

सर्लाहीमा नक्कली नोटसहित भारतीय नागरिकको पक्राउ, अनुसन्धान जारी

सर्लाही ।सर्लाहीको बलरा नगरपालिका-२ जमुनियामा प्रहरीले एक भारतीय नागरिकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ। भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा उक्त व्यक्तिको साथबाट नक्कली नोट फेला परेको हो।

प्रहरी चौकी छन्कीटोला स्थित टोलीले भारततर्फबाट आइरहेको BR 30 AE 8363 नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्यो। मोटरसाइकल चालक विश्वनाथ साह (३४), बिहार राज्यको सितामढी जिल्लास्थित मधुकरपुर गाउँपालिका-९ का निवासी हुन्।

चेकजाँचमा साहको साथबाट नेपाली हजार दरका आठ थान नक्कली नोट र नेपाली ४ हजार ५ सय ९० र भारतीय ६ हजार ३ सय ४५ रुपैयाँ बरामद भएका छन्।

प्रहरीले साहलाई नक्कली र सक्कली नोटसहित र मोटरसाइकलबाट नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरेको छ। यो घटनाले सीमावर्ती क्षेत्रहरूमा नक्कली नोटको ओसारपसार अझै सक्रिय रहेको संकेत गर्छ।

 


Thali Mobile Pvt.Ltd.