भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तीनकुनेमा बसको ठक्करले एकको मृत्यु, तीन जना घाइते

तीनकुनेमा बसको ठक्करले एकको मृत्यु, तीन जना घाइते

काठमाडौँ, २५ बैशाख । काठमाडौँको तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छन्। उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।

बानेश्वर प्रहरी वृत्तका अनुसार, घाइते हुनेमा मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने २७ वर्षीय पदम थापा मगर, भ्यान चालक काभ्रे मण्डन देवपुर घर भई शान्तिनगर बस्ने ३५ वर्षीय रत्न बहादुर सार्की र बसमा सवार दोलखा घर भएकी २४ वर्षीया मेनुका बुढाथोकी छन्। उनीहरूको उपचार भइरहेको छ।

आज बिहान करिब ६:३५ बजे कोटेश्वरबाट बानेश्वरतर्फ आइरहेको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र.०१-०२६ च २९२७ नम्बरको मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बस चालक ५९ वर्षीय राम कुमार खड्का हुन्।

बस चालक, भ्यान र मोटरसाइकललाई बानेश्वर प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ भने बस काठमाडौँ उपत्यका ट्राफिक महाशाखा, रामशाहपथको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.