भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा दफावार छलफल सम्पन्न

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा दफावार छलफल सम्पन्न

काठमाडौँ, २३ माघ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथिको दफावार छलफल सम्पन्न भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सहमति हुन नसकेका विषयहरू प्रतिवेदनमै छलफल गर्ने गरी दफावार छलफल टुंग्याएको हो । नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्ष राष्ट्र भएकाले उक्त महासन्धिको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक कानुनी व्यवस्था गर्न यो विधेयक ल्याइएको हो ।

बैठकमा बोल्दै समितिकी सभापति तुलसाकुमारी दाहालले छलफलमार्फत टुंग्याइएका विषयहरूलाई मस्यौदा प्रतिवेदनको रूपमा तयार पार्न समिति सचिवालयलाई निर्देशन दिइन् । साथै, भाषिक तथा सहमति जुट्न नसकेका विषयहरूमा आवश्यक गृहकार्य गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिइन् ।

सभापति दाहालले सहमति जुट्न नसकेका विषयमा विज्ञहरूसँग थप छलफल गरेर अघि बढ्ने जानकारी पनि गराइन् । छलफलमा सहभागी सांसदहरूले सूचीकृत अभौतिक (अमूर्त) सांस्कृतिक सम्पदाको दुरुपयोग वा बेचबिखन भएमा प्रचलित कानूनअनुसार दोषीलाई कडा सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

साथै, अभिलेखिकरण तथा सूचीकृत सम्पदाहरूको संरक्षणका लागि सरकारले अनिवार्य रूपमा योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था विधेयकमा समावेश हुनुपर्ने माग राखेका छन् ।

 


Thali Mobile Pvt.Ltd.