भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

चुनाव प्रचारका लागि गाडी प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति अनिवार्य

चुनाव प्रचारका लागि गाडी प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति अनिवार्य

मुख्य बुँदा 

चुनाव प्रचारका लागि गाडी प्रयोगमा अनुमति अनिवार्य

प्रतिनिधिसभा/प्रदेशसभा उम्मेदवार: २ हलुका गाडी वा ४ घोडा

मेयर/उपमेयर: २ गाडी, गाउँपालिका/नगरपालिका अध्यक्ष: १ गाडी

मौन अवधिमा प्रचारप्रसारका लागि गाडी प्रयोग निषेध

अनुमति बिना प्रयोग गरे गाडी नियन्त्रणमा, चुनावपछि फिर्ता

मतदानको दिन अनुमति प्राप्त गाडी बाहेक अरु चलाउन नपाइने

आकस्मिक सेवा (एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर) को लागि अनुमति आवश्यक छैन

काठमाडौँ, २२ माघ । राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले चुनाव प्रचारप्रसारका लागि गाडी प्रयोग गर्न अब सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमति लिनुपर्ने भएको छ।

निर्वाचन आयोगले चुनाव लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ। यस अनुसार, प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यका उम्मेदवारले बढीमा दुईवटा हलुका गाडी वा चारवटा घोडा प्रयोग गर्न सक्नेछन्।

पालिकामा, महानगर र उपमहानगरका मेयर वा उपमेयरले दुईवटा, नगरपालिका वा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षले एउटा र वडा तहका उम्मेदवारले एउटा गाडी प्रयोग गर्न पाउनेछन्। गाडी सञ्चालन गर्न नसकिने ठाउँमा घोडा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ। प्रचारप्रसारका लागि मौन अवधिमा गाडी प्रयोग गर्न पाईने छैन।

अनुमति बिना गाडी प्रयोग गरेमा वा मौन अवधिमा प्रयोग भएमा ती गाडी नियन्त्रणमा लिएर चुनावपछि मात्रै फिर्ता गरिनेछ। मतदानको दिन अनुमति प्राप्त गाडीबाहेक अन्य गाडी चलाउन नपाइनेछ।

उम्मेदवार, सुरक्षाकर्मी, अधिकारी, पर्यवेक्षक, सञ्चारकर्मी, विदेशी पर्यटक र आयोगले तोकेका अन्य निकायले भने विशेष अनुमति प्राप्त गरेमा गाडी प्रयोग गर्न सक्नेछन्। एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, अस्पताल सेवा जस्ता आकस्मिक सेवाका गाडीले अनुमति लिनु आवश्यक छैन।

 


Thali Mobile Pvt.Ltd.