भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

३४ उम्मेदवार तथा दललाई आयोगको स्पष्टीकरण

३४ उम्मेदवार तथा दललाई आयोगको स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमध्ये २४ जनाले जवाफ बुझाइसकेको जनाएको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा ३४ जना राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा हालसम्म २४ जनाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “आयोगले ३४ वटा राजनीतिक दल र उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ पाइसकेका छौँ।”

आयोगका अनुसार आचारसंहिता र निर्वाचन कसुर तथा सजाय ऐनमा भएको व्यवस्था अनुसार प्राप्त जवाफको अध्ययन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने कार्यतालिका रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.