भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

आयोगले आइजीपी खापुङलाई २४ घण्टे स्पष्टीकरण माग्यो

आयोगले आइजीपी खापुङलाई २४ घण्टे स्पष्टीकरण माग्यो

काठमाण्डौ, २० कार्तिक । भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण मागेको छ। आयोगले खापुङलाई २४ घण्टे समय दिँदै जबाफ पेश गर्न भनेको हो।

आयोगका प्रवक्ता तथा सदस्य विज्ञानराज शर्माका अनुसार, आयोग गठन भएको केही समयमै भदौ २३–२४ गतेका दिनमा को–को खटिएका थिए भन्ने विवरण प्रहरीबाट माग गरिएको थियो। आयोगको पत्र २२ दिनसम्म प्रहरी प्रधान कार्यालयले जवाफ उपलब्ध गराएको थिएन।

अन्ततः आयोगले पुनः पत्र लेखेर विवरणबारे सोध्दा, आइजीपीदेखि जवानसम्म खटिएको जनाइएको थियो। तर, विस्तृत विवरण नपठाएपछि आयोगले आइतवार आइजीपी खापुङकै नाममा २४ घण्टाभित्र जवाफ पेश गर्न प्रधान कार्यालयमा पत्र पठाएको थियो।

प्रधान कार्यालयले जवाफ फर्काउँदै विवरण काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट उपलब्ध गराउन समय लाग्ने जनाएको थियो। यसरी पनि प्रधान कार्यालयले आवश्यक विवरण नदिएपछि आयोगले प्रत्यक्ष रूपमा महानिरीक्षक खापुङसँग स्पष्टीकरण लिन थालेको हो।

 


Thali Mobile Pvt.Ltd.