भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

टाइफुन कल्मेगीले फिलिपिन्समा १ सय भन्दा बढीको ज्यान लियो

टाइफुन कल्मेगीले फिलिपिन्समा १ सय भन्दा बढीको ज्यान लियो

एजेन्सी, २० कार्तिक । फिलिपिन्समा आएको शक्तिशाली टाइफुन कल्मेगी आँधीका कारण अहिलेसम्म कम्तीमा एक सय जनाको ज्यान गएको छ भने हजारौं मानिस घरबारविहीन बनेका छन्।

बीबीसीका अनुसार, मुख्यगरी सेबु प्रान्तमा ठूलो वर्षा र बाढीका कारण ४९ जनाको ज्यान गएको र ७५ जना अझै बेपत्ता छन्। टाइफुनले मंगलवार बिहान प्रवेश गर्दै जस्तोसुकै क्षेत्रमा १३० किलोमिटर प्रतिघण्टा हावाको गति र मुसलधारे वर्षा गराएको थियो। घरहरूमा पानी पसेपछि मानिसहरू छानामा आश्रय लिन बाध्य भएका थिए।

उद्धारका क्रममा पठाइएको सैन्य हेलिकप्टर दुर्घटना हुँदा चालक दलका ६ जनाको ज्यान गएको छ। फिलिपिन्सको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार हालसम्म चार लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

 


Thali Mobile Pvt.Ltd.