भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

पूर्व राज्यमन्त्री रायको हत्याबारे अनुसन्धान गर्न १५ जनासँग सोधपुछ

पूर्व राज्यमन्त्री रायको हत्याबारे अनुसन्धान गर्न १५ जनासँग सोधपुछ

काठमाडौैंं । सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्याबारे अनुसन्धान गर्न प्रहरीले हालसम्म १५ जनासँग सोधपुछ गरेको छ । हत्यामा संलग्न आशङ्कामा उनीहरूसँग सोधपुछ गरिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय सर्लाहीका एकजना अधिकृतले बताए ।

पूर्वराज्यमन्त्री राय साउन ७ मा आफ्नै घरमा मृत भेटिएका हुन् । सहयोगीको रूपमा कार्यरत २१ वर्षीय रायलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सहयोगीको बोलेको कुरा यकिन गर्न उनको पोलिग्राफ परीक्षण गरिँदै छ ।

मधेस प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेलले सहयोगीलाई पोलिग्राफ गराउन लागिएको बताए ।
सहयोगीले राति घरमा ३ जना मानिसहरू आएको बताएका छन् । प्रहरीसँगको बयानमा युवकले भनेका छन्, ‘साढे ९ बजेतिर ३ जना आएका थिए, यहीँ बस्ने भनेपछि पूर्व राज्यमन्त्रीको आग्रह अनुसार मैले ओछ्यान मिलाइदिएँ ।’

राति बास बस्न आएका भनिएका ३ जना मानिसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, प्रहरीले अहिलेसम्म उनीहरूको पहिचान गर्न सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.