भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

जुम्लामा धुवाले निसास्सिएर दिदीबहिनीको मृत्यु

जुम्लामा धुवाले निसास्सिएर दिदीबहिनीको मृत्यु

काठमाडौैंं । जुम्लाको पातारासी गाउँपालिकामा धुवाले निसास्सिएकी दिदीबहिनीको उपचारका क्रममा मृत्यु भएको छ। ११ दिनकी सुत्केरी २२ वर्षकी मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकायाको मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ।

सुत्केरी भएको ११ दिन पुगेकी मायालक्ष्मीको अस्पतालमा उपचारका क्रममा सोमबार नै मृत्यु भएको हो भने उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।

सुत्केरीका लागि सेक्न बालेको आगोको धुवाँमा ती दिदीबहिनीहरू निसास्सिएका थिए। निसास्सिएर ११ दिनको बच्चासमेत गम्भीर अवस्थामा छ।

बच्चाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी छेदीलाल कामतीले बताए।

 

 


Thali Mobile Pvt.Ltd.