भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हमासमाथि सैन्य दबाब बढाउने इजरायली प्रधानमन्त्री नेतन्याहुको चेतावनी

हमासमाथि सैन्य दबाब बढाउने इजरायली प्रधानमन्त्री नेतन्याहुको चेतावनी

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक भिडियो वक्तव्य जारी गर्दै प्यालेस्टिनी लडाकू समूह हमासमाथि सैन्य दबाब बढाउने चेतावनी दिएका छन्। गाजामा बन्धक बनाइएकाको रिहाइका लागि सैन्य दबाब बढाउन लागेको उनले बताएका हुन्।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भनेका छन्, “हाम्रा बन्धकहरूलाई मुक्त गर्ने यो एक मात्र तरिका हमासमाथि सैन्य र राजनीतिक दबाब बढाउँने हो । किनभने यो नै हाम्रा बन्धकहरूलाई मुक्त गर्ने एक मात्र उत्तम विकल्प हो।”

नेतन्याहूले पटक पटक दक्षिणी गाजा शहर रफाहमा इजरायली सेनाले आक्रमण गर्ने बताउँदै आएका छन्। यस सरहमा अहिलेसम्म १५ लाखभन्दा बढी प्यालेस्टिनीले शरण लिइसकेका छन्। इजरायलमा हमासको अकल्पनीय आक्रमणका कारण एक हजार १७० जनाको मृत्यु भएको इजरायली आधिकारिक तथ्यांकमा उल्लेख छ भने करिब २५० जनालाई बन्धक बनाएका थिए।

इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा ३४ हजारभन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्।

 


Thali Mobile Pvt.Ltd.