भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

मूर्ति चोरी गर्ने तीन महिला पक्राउ

मूर्ति चोरी गर्ने तीन महिला पक्राउ

तुलसीपुर । प्रहरीले दाङको तुलसीपुर(१९ छिल्लिीकोटमा रहेको कालिका(मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्ने तीन महिला पक्राउ परेका छन्। माताको वेशमा गएर मूर्ति चोरी गर्ने तुलसीपुर(१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार आइतबार दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो ।

तीनै जनाले आफूहरूलाई माता भन्दै भगवानले घण्टी माग गरेकाले मन्दिरबाट मूर्ति र घण्टी उठाएको बताएका छन्। उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले बताए । रासस

 

 


Thali Mobile Pvt.Ltd.