भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

धनगढीमा हराएकी बालिका मृत अवस्थामा फेला

धनगढीमा हराएकी बालिका मृत अवस्थामा फेला

धनगढी,  ११ असोज । धनगढी उपमहानगरपालिका-३, चटकपुरबाट बिहीबार साँझदेखि बेपत्ता भएकी ११ वर्षीया बालिका सुमित्रा राना मृत फेला परेकी छन् ।

शुक्रबार साँझ मोहना नदीमा उनको शव डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । घटनाबारे जानकारी दिँदै प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बालिकाको शव निर्वस्त्र अवस्थामा भेटिएको र करिब दुई सय मिटर टाढा उनका कपडा फेला परेको बताए ।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । यता, पीडित परिवारले घटनाको कारण पत्ता लगाउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.