धनुषा । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । अन्तिम दिन रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।
नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताए । त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ । महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपालकै चर्चित, धार्मिक एवं एतिहासिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध माछामार्ने जात्रा सुरू हुदैछ । नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ अर्थात माछा मार्ने जात्राका रुपमा परिचित याे नाच प्रत्यक...
भक्तपुर । एकमहिने माधवनारायण व्रत एवं मेलाको दोस्रो दिन आज भक्तपुरको प्रसिद्ध हनुमानघाटस्थित त्रिवेणीधाममा वर्तालुको भिड लागेको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यहाँ मेलालाग्ने गरेको...
तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी भएपनि घुम्न आउनेको संख्या ह्वातै बढेको छ । चिसो मौसममा पर्यटकीय गन्तव्य बनेको यहाँ यो मौसममा आन्तरिक पर्यटक बढेपछि...
हुम्ला । गएरातिदेखि भएको हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम सिमकोटमा भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । दुई इञ्चसम्म हिउँ जमेको छ भने...