काठमाडौं । आसन्न राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने वताइएको छ ।
बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा केन्द्रित हुने जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए । बैठकमा पार्टीले गत भदौदेखि तीन महिनासम्म सन्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा हुने छ ।
अभियान अन्तर्गत जसपाले पालिका समितिदेखि प्रदेश समितिसम्म पुनर्गठन गरेको छ । जसअन्तर्गत करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका जसपाले जनाएको छ । यसैगरी जसपाको मधेश प्रदेशअन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पनि पुनर्गठन गरिएका छन् ।