भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

नेपाल सुन तस्करी गर्ने मुख्य ट्रान्जिट बन्दै

नेपाल सुन तस्करी गर्ने मुख्य ट्रान्जिट बन्दै

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय सुन तस्करहरुको मूख्य नाका हुन थालेको छ । नेपाललाई ट्रान्जिट बनाई सुन तस्करी गर्ने क्रम झन् बढेको पछिल्ला दुई दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० किलोभन्दा बढी सुन बरामद हुनु हो । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७०÷७१ देखि चालु आर्थिक वर्ष ०८०÷८१ सम्मको १० वर्षको अवधिमा करिब ७ सय किलो सुन बरामद भइसकेको छ जुन हवाइ र सडक नाकाबाट भित्रिएको हो ।

जसमा चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा मात्रै ९३ किलो सुन नियन्त्रणमा लिइएको छ । उक्त परिमाण बराबरको ओसारपसारमा संलग्न ५ सय ९९ जना पक्राउ परिसकेका छन् । पछिल्लो समय नेपाल सुन तस्करी गर्ने मुख्य ट्रान्जिट बन्दै गएको छ । गत बिहीबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएकै दिन नागढुंगाबाट २ किलो सुन बरामद भयो । त्यसको एकदिन पछि अर्थात आइतबार पुनः साढे ६ किलो तरल सुन विमानस्थल भन्सार पार भइसकेको अवस्थामा बरामद भयो ।

१४ किलो र साढे ६ किलो सुन फ्लाइ दुबइको उडानबाट आएका यात्रुबाट बरामद गरियो भने नागढुंगाबाट बरामद भएको सुन चीनबाट नेपाल भित्र्याइएको थियो । यस्तै यी तीन वटै तस्करी फरक फरक समूहले गरेको देखिएको छ । यद्यपी सुन ल्याउने मूख्य लगानीकर्ता को हो भन्ने चाहीँ खुलेको छैन । फरक फरक व्यक्तिहरु पक्राउ पर्नुले पनि भन्सार कार्यालय र प्रहरीले सुन तस्करी नियन्त्रणका लागि थप योजना अघि सार्नु जरुरी छ ।

गत श्रावण ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच गराएर बाहिरिएको ६१ किलो सुन प्रकरणको घटनाको बिषयमा गठन गरिएको छुट्टाछुट्टै समितिले प्रतिवेदन तयार पार्दा पार्दै १४ किलो सुनको छानबिनका लागि पनि अर्को समिति बनाइएको छ । यी समितिले छानबिन गर्दागर्दै नेपालमा कति परिमाणमा सुन भित्रिने हो निश्चित छैन । यद्दपी भन्सार कार्यालयले भने वषौंदेखिको सुन तस्करी रोक्नका लागि नयाँ योजना अघि सारेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बताउनु भयो ।

विमानस्थल भन्सार र प्रहरीले आफूहरु सचेत भएकै कारण तस्करीको सुन बरामद हुने क्रम बढेको बताए पनि सेटिङ नमिल्दा यस्ता घटनाहरु सतहमा आउने गरेको हो भन्ने बुझ्न कठिन छैन ।
विगत दुई महिनामा बरामद भएको साढे २२ किलो सुन ल्याउने भरियाहरु मात्रै पक्राउ परेका छन् । १४ किलो सुन लिएर आएका चन्द्र घलेले पनि आफू भरिया मात्रै भएको दाबी गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.