भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

जनअपेक्षा पूरा गर्न नसक्दा आक्रोश बढ्योः झलनाथ खनाल

जनअपेक्षा पूरा गर्न नसक्दा आक्रोश बढ्योः झलनाथ खनाल

कास्की । पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । शनिबार पोखरामा समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोश बढेको बताए । जनताले दिशाहीन महसुस गरेको उल्लेख उनले उल्लेख गरे ।

नेता खनालले जनताका आधारभूत समस्या छुने गरी सरकारले काम गर्नुपर्ने बताए । सरकारले सही ढंगले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढेको नेता खनालले जिकिर गरे । नेता खनालले भने, “सत्तामा बसेका शक्तिले ठिक ढंगले काम गर्न नसकेकाले अन्य शक्ति देखिएका छन् । सत्तामा बस्नेले नीति र कार्यक्रममा परिवर्तन गर्नु आवश्यक छ ।” नेपालको कम्युनिस्ट आन्दोलनमा गलत वैचारिक र राजनीतिक कार्यदिशाका कारण विभाजन आउने गरेको उनको भनाइ थियो । उनले सही कार्यदिशा भएका खण्डमा कम्युनिस्ट आन्दोलन पुनः एकताबद्ध हुने उल्लेख गरे ।

“१० लाख पार्टी सदस्य भएको नेकपामा विभाजन भएको छ । विभाजनका कारण गलत वैचारिक राजनीतिक कार्यदिशा हो । सही वैचारिक राजनीतिक कार्यदिशा भयो भने कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन्छ । कम्युनिस्ट, वामपन्थीको एकता इतिहासको आवश्यकता हो,” खनालले भने । समाजवाद प्राप्तिको नीति, कार्यक्रम र नेपाली विशेषताको समाजवादका बारेमा प्रस्ट पार्नुपर्नेमा उनले जोड दिए ।

एकीकृत समाजवादीको आसन्न राष्ट्रिय महाधिवेशनपछि नेपाली कम्युनिस्ट र समाजवादी आन्दोलनमा नयाँ लहर सिर्जना हुने नेता खनालले जिकिर गरे । रासस

 


Thali Mobile Pvt.Ltd.