भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

झापाको बालुवाटार जग्गा प्रकरणमा गगन पुरीसहित नौ जना भ्रष्टाचारमा दोषी ठहर

झापाको बालुवाटार जग्गा प्रकरणमा गगन पुरीसहित नौ जना भ्रष्टाचारमा दोषी ठहर

मुख्य बुँदा

बालुवाटार जग्गा प्रकरणमा गगन पुरीसहित नौ जनालाई दोषी ठहर

पुरीलाई एक वर्ष कैद र २० लाख ८३ हजार ६ सय ७१ रुपैयाँ जरीवाना

सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गिरोह सञ्चालन अभियोग

१३ जना नापी र मालपोत कर्मचारी दोषी ठहर

दोषी कर्मचारीलाई एक वर्षदेखि तीन महिनासम्म कैद र जरीवाना

काठमाण्डौ, २९ साउन । विशेष अदालतले झापाको बालुवाटार जग्गा प्रकरणमा माओवादी नेता गगन पुरीसहित नौ जनालाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठ तथा रितेन्द्र थापाको इजलासले दुईजना जग्गाधनीसहित मालपोत र नापीका कर्मचारीलाई दोषी ठहर गर्दै जरीवाना र कैदको फैसला सुनाएको हो।

पुरीलाई मुख्य अभियुक्त ठहर गर्दै अदालतले एक वर्ष कैद र २० लाख ८३ हजार ६ सय ७१ रुपैयाँ जरीवाना ठहर गरेको छ। उनी सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गिरोह सञ्चालन गरेको अभियोगमा दोषी भएका हुन्।

विशेष अदालतले दुईवटा मुद्दामा गरी १३ जना सरकारी कर्मचारीलाई प्रभावमा पारेर सार्वजनिक जग्गा व्यक्तिको नाममा सार्ने धन्दा चलाएको ठहर गरेको छ।

दोषी कर्मचारीहरूमा तत्कालीन नापी कार्यालय झापाका प्रमुख नापी अधिकृत शशिकान्त झा, सर्वेक्षक सीताराम यादव, बिन्देश्वर पञ्जियार, नापी अधिकृत रामदेव मण्डल धानुक, सर्वेक्षक विष्णुदेव यादव, अमिन ललितकुमार मण्डल, नायब सुब्बा रुद्रप्रसाद श्रेष्ठ, सर्वेक्षक रामकुमार दास र सर्वेक्षक गणेशकुमार धिमाल समावेश छन्। अदालतले ती कर्मचारीलाई एक वर्षदेखि तीन महिनासम्म कैद र जरीवाना ठहर गरेको छ।

 


Thali Mobile Pvt.Ltd.