भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ, ३ पुष । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै जंगली हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको हालसम्म सनाखत हुन सकेको छैन। तर उनी भारतीय नागरिक हुनसक्ने आशंका गरिएको जिल्ला प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यसअघि पनि हात्तीको आक्रमणबाट मानवीय क्षति हुने क्रम रोकिएको छैन। गत शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा जंगली हात्तीको आक्रमणबाट ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु भएको थियो।

वन क्षेत्र नजिकका बस्तीमा जंगली जनावरको गतिविधि बढ्दै जाँदा स्थानीयवासीमा त्रास बढेको छ।

 


Thali Mobile Pvt.Ltd.