भर्खरै : Sorry, your browser does not support inline SVG.

झापा राजस्व कार्यालयले उठायो चार अर्ब ९३ करोड बढी राजस्व

झापा राजस्व कार्यालयले उठायो चार अर्ब ९३ करोड बढी राजस्व

झापा, २४ साउन। आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ। उक्त कार्यालयले रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकरतर्फ रु दुई अर्ब ४१ करोड ६१ लाख सात हजार सङ्कलन भएको छ। त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) बाट रु एक अर्ब ६६ करोड २९ लाख ९५ हजार तथा अन्तःशुल्कबाट रु ६७ करोड ८९ लाख पाँच हजार राजस्व सङ्कलन भएको छ।

यसैगरी, भाडा आयकरतर्फ रु पाँच करोड ६६ लाख ७८ हजार, ब्याज करतर्फ रु नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा रु दुई करोड ६३ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। आन्तरिक राजस्व कार्यालय झापाको कार्यक्षेत्रमा इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.