भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

झापामा सवारी दुर्घटनाले एक वर्षमा ९५ जनाको ज्यान गयो, हजारौँ घाइते

झापामा सवारी दुर्घटनाले एक वर्षमा ९५ जनाको ज्यान गयो, हजारौँ घाइते

मुख्य बुँदा 

आर्थिक वर्ष २०८१/८२ मा झापामा १,२९६ सवारी दुर्घटना

दुर्घटनामा ९५ जनाको ज्यान, १३९ गम्भीर घाइते, १,९३४ सामान्य घाइते

मापसेमा ३,१७४ चालक कारबाहीमा, १८ लाख रुपैयाँभन्दा बढी जरिवाना

५२,८७५ चालकलाई कारबाही, ३ करोड ९५ लाखभन्दा बढी राजस्व संकलन

TVRS र अनलाइन जरिवाना प्रणाली लागू

८,४६१ विद्यार्थीलाई ट्राफिक नियम कक्षा, १,२५० जनालाई मापसे सचेतना

स्थानीय तह, विद्यालय, अस्पताल र समुदायसँग सहकार्यमा सचेतना कार्यक्रम

काठमाडौँ, ३ साउन । झापामा सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८१८२ मा १२९६ दुर्घटनामा ९५ जनाले ज्यान गुमाएका हुन भने १ हजार ९ सय ३४ जना सामान्य घाइते र १३९ जना गम्भीर घाइते भएका हुन ।

मादक पदार्थ सेवन (मापसे) अन्तर्गत तीन हजार १७४ जना कारवाहीमा परेका छन्, जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन भएको झापा प्रहरीले जनाएको छ । एक वर्षको अवधिमा ५२ हजार ८७५ जना सवारी चालकलाई कारबाही गरिएको छ भने उक्त कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै जिल्लामा ट्राफिक भ्वाइलेशन रिकार्ड प्रणाली (टीभीआरएस) र अनलाइन जरिवाना तिर्ने प्रणाली लागू गरिएको जनाइएको छ । गत आर्थिक वर्ष २०८१ र ८२ मा कार्यालयले सवारी नियमनका लागि ७० थान रिफ्लेक्टर बेल्ट, ३० ट्राफिक साइन बोर्ड, ४ म्याजिक लाइट, ३ ब्रीथालाइजर, ७ कम्प्युटर, १ गोप्रो क्यामेरा र १ ल्यापटप प्रयोगमा ल्याएको छ ।

जिल्लाभर ट्राफिक सचेतनामूलक कार्यक्रम अन्तर्गत विद्यालय तहका आठ हजार ४६१ विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ भने १२५० जनालाई मापसे सचेतना प्रशिक्षण प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थी, अटोरसिटी चालक, तथा समाजका अन्य पक्षलाई लक्षित गरी गरिएको कार्यक्रमले सडक सुरक्षामा साझा प्रयासको सन्देश दिएको र ट्राफिक सुधार अभियानमा विभिन्न स्थानीय तह, विद्यालय, अस्पताल, सञ्चार संस्था र सामुदायिक केन्द्रसमेतको सहकार्य गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.