भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

कारागारबाट लेखिएका पत्र अब अंग्रेजीमा : ‘Letter from Jail’ विमोचित

कारागारबाट लेखिएका पत्र अब अंग्रेजीमा : ‘Letter from Jail’ विमोचित

मुख्य बुँदाहरू :

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंद्वारा लेखिएको ‘Letter from Jail’ को अंग्रेजी संस्करण सार्वजनिक

पुस्तकमा १९८८–१९९० जेल जीवनमा पत्नी शोभा बिजुक्छेलाई लेखिएका चिठीहरूको सङ्ग्रह समेटिएको

चिठीहरू प्रेम मात्र नभई राजनीतिक प्रतिबद्धता, समाज, दर्शन र संस्कृतिको दस्तावेज

दिवंगत शोभा बिजुक्छेप्रति श्रद्धाञ्जलीस्वरूप असार महिनामै अंग्रेजी संस्करण प्रकाशन

विमोचन कार्यक्रममा सांसद, साहित्यकार, समालोचक र अनुवादकहरूको उपस्थिति

वक्ताहरूले पुस्तकलाई प्रेम, राजनीतिक र मानव संवेदनाको ऐतिहासिक दस्तावेज माने

भक्तपुर, २ साउन। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंद्वारा कारागार जीवनका क्रममा आफ्नी धर्मपत्नी शोभा बिजुक्छेंलाई लेखिएका पत्रहरूको सङ्ग्रह ‘Letter from Jail’ को अंग्रेजी संस्करण शुक्रबार सार्वजनिक गरिएको छ।

सन् १९८८ देखि १९९० सम्म जेल जीवन बिताइरहँदा बिजुक्छेंले लेखेका चिठीहरूमा वैयक्तिक प्रेम मात्र नभई समय, समाज, दर्शन र राजनीतिक चेतनाका गहिरा अनुभूति समेटिएका छन्। पुस्तकको विमोचन शोभा बिजुक्छेको तेस्रो स्मृति सप्ताहको सन्दर्भमा गरिएको हो।

किताबमा जेलभित्र गरेको संघर्षसँगै जीवन, समाज, भक्तपुरको कला संस्कृति, राजनीति, दर्शनलगायत मनछुने सन्दर्भहरू छन् । जेलको साँघुरो र अँध्यारो कुनाबाट मनका र देशका कुरा व्यक्त गर्न चिठी लेखेको पुस्तक विमाेचन गर्दै अध्यक्ष विजुक्छेले बताउँनुभयो ।  

कार्यक्रममा वक्ताहरूले पुस्तकलाई एउटा राजनैतिक कार्यकर्ताको आत्मसंघर्ष र जीवनसाथीप्रतिको समर्पणको जीवित दस्तावेजको रूपमा चित्रण गरे। वक्ताहरूले जेलको मौन वातावरणमा लेखिएका ती पत्रहरूले पाठकमा सकारात्मक ऊर्जा उत्पन्न गराउने विश्वास व्यक्त गरे।

पुस्तकले तत्कालीन राजनीतिक र सामाजिक परिवेशलाई संवेदनात्मक भाषामा प्रस्तुत गरेको उनीहरूको धारणा थियो। बिजुक्छेंले लेखेका ती चिठीहरू अब केवल कागजका अक्षर मात्र नभई, एक युगको भावनात्मक इतिहासका रूपमा रहने जनाइएको छ।

दिवंगत शोभा बिजुक्छेप्रति मौन श्रद्धाञ्जलीस्वरूप प्रकाशित पुस्तकले निजी सम्बन्ध र सार्वजनिक चेतनाबीचको सम्बन्ध उजागर गर्ने प्रयास गरेको छ।

बालविकास सेकेन्डरी स्कुलको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र श्रृजना सैजु, वरिष्ठ साहित्यकार नरेन्द्र प्रसाईं, कवयित्री इन्दिरा प्रसाईं, अनुवादक अनुराज जोशी र समालोचक अभय श्रेष्ठलगायतले पुस्तकको समालोचना प्रस्तुत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.