भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

झापाको बिर्तामोड नगरपालिकाले १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य तोक्यो

झापाको बिर्तामोड नगरपालिकाले १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य तोक्यो

झापा । झापाको बिर्तामोड नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरेको छ ।नगरपालिकाका उपमेयर नगेन्द्र सङ्ग्रौलाका अनुसार यसलाई कार्यान्वयन गराउन तीन दिनअघि कार्यपालिकाको बैठकले न्यूनतम समर्थन मूल्य अनुदान भुक्तानी कार्यविधि २०८१ समेत पारित गरेको छ ।

नगर क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीलाई सहज बनाउने उद्देश्यले समर्थन मूल्य कायम गरिएको उपमेयर सङ्ग्रौलाले बताउनुभयो । पालिकाले काउलीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो २६, बन्दागोवी २४, ब्रोकाउली ३५, खुर्सानी ५४, घिरौँला २६, करेला ३२, भान्टा २६, सिमी ४६, काँक्रा २५, भिन्डी ३६, फर्सी ३१, स्क्वास फर्सी २५, भेँडे खुर्सानी ५१, बोडी ३०, लौका २७ र टमाटरको ३० रुपैयाँ कामय गरेको उहाँले जानकारी दिनुभयो ।

सङ्ग्रौलाले बजार मूल्यभन्दा थोरै सस्तो मूल्यमा यहाँ उत्पादित तरकारी बिक्री गरिने बताउनुभयो । कहिलेकाहीँ बजारमा तरकारीको मूल्यमा उतारचढाव हुँदा किसानलाई मर्का नपरोस् भन्ने उद्देश्यले अनुदान भुक्तानी कार्यविधि नै पारित गरेको उहाँले बताउनुभयो । ‘किसानलाई मर्का नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, उहाँले भन्नुभयो, ‘तोकिएको मूल्यभन्दा कम मूल्यमा यी तरकारी बिक्री भएमा त्यो मूल्य बराबर किसानले पाउनेगरी अनुदानबाट उपलब्ध गराउँछौँ, यसो हुँदा किसानलाई घाटा हुँदैन ।’ यसै वर्षदेखि तरकारी बिक्रीमा अनुदान दिनका लागि पालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

नगरपालिकाले किसानलाई तरकारीखेतीमा प्रोत्साहन गर्नका लागि एक सय १७ किसान समूह नै बनाएको छ । त्यसमध्ये एउटा मूल कृषक समूह छ । समूहमा उत्पादन गरेको तरकारीलाई बिक्री केन्द्रमार्फत बिक्री गरिँदै आएको उपमेयर सङ्ग्रौलाले बताउनुभयो । अहिले बिर्तामोडका ६ वटा वडामा तरकारी बिक्री केन्द्र राखिएको छ ।

उपमेयर सङ्ग्रौलाले बिर्तामोडमा उत्पादित तरकारीलगायत भण्डार गर्नका लागि बिर्तामोड–७ को वडा कार्यालय नजिकै ९० लाख रुपैयाँभन्दा धेरैको लागतमा ७० टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको बताउनुभयो । चिस्यान केन्द्र सञ्चालनमा आएपछि यहाँका किसानलाई ठूलो राहत पुग्ने उहाँको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.