भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

महाकुम्भ मेलाको भागदौडमा १४ जनाको मृत्यु, अफवाहको पछि नलाग्न अपिल

महाकुम्भ मेलाको भागदौडमा १४ जनाको मृत्यु, अफवाहको पछि नलाग्न अपिल

एजेन्सी । भारतमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। भारतको प्रयागराजमा जारी कुम्भमेलामा मध्यराती भागदौड मच्चिँदा १४ जनाको मृत्यु भएको हो । घटनामा अरु ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् ।

मानिसहरूलाई संगम क्षेत्रमा लगाइएको छेकावार हटाइएको छ। यद्यपि अहिले पनि संगम तटमा मानिसहरुको लामो ताँती रहेको जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग घटनाबारे जानकारी लिएका छन्।

यद्यपि १४ जनाको शव पोष्टमार्टमका लागि स्थानीय स्वरूपरानी अस्पतालमा लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौडका क्रममा केही महिलाहरु लडेको र उनीहरूलाई भिडले कुल्चिँदा मृत्यु भएको हो।

जनवरी १३ मा भएको महाकुम्भ मेलामा अहिलेसम्म १५ करोड मानिसले गंगामा डुबुल्की मारेको बताइएको छ। बुधबार औँसीका दिन १० करोड भन्दा बढी श्रद्धालु त्यहाँ पुग्ने अनुमान गरिएको थियो।

मुख्यमन्त्री योगीले एक अपिल जारी गर्दै गंगाको नजिकै घाटमा स्नान गर्न र संगम क्षेत्रमा नजान आग्रह गरेका छन्। कुनै अफवाहको पछि नलाग्न र प्रशासनले गरेको अपिलमा ध्यान दिन पनि उनले भनेका छन्।

 


Thali Mobile Pvt.Ltd.